सदन अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने रास्वपाको घोषणा
काठमाडौं।सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गरिरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टीले भने सदन अवरुद्ध भएको दिनको सेवा सुविधा नलिने घोषणा गरेको छ ।

आजको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाबाट बाहिरिने क्रममा सञ्चारकर्मीसंग कुरा गर्दै रास्वपा सभापति रवि लामिछानेले संसद नचलेको बेलाको कुनै सेवा सुविधा नलिन व्यवस्था गरिदिन सभामुखलाई आग्रह गरेको बताएका हुन् ।
उनले भने, ‘हामीले सभामुखलाई दलको तर्फबाट संसद सुचारु गर्नको लागि संसदीय अभ्यासभित्र रहेर संसद निरन्तर चलोस् भनेर सभामुखलाई औपचारिकरूपमा पत्र दर्ता गराएका छौं ।’
गत साउन ३ गते बरामद भएको एक क्विन्टल सुन प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर सदन अवरुद्ध गरिरहेको छ ।(फाइल फोटो)

