झण्डै एक अर्ब घट्यो विद्युत प्राधिकरणको नाफा



काठमाडौं।अघिल्लो आर्थिक वर्षमा १३ अर्ब ३७ करोड रुपैयाँ नाफा कमाएको नेपाल विद्युत प्राधिकरणको नाफा घटेको छ । बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सार्बजनिक गरेको विवरण अनुसार प्राधिकरणको नाफा झण्डै एक अर्बले घटेको हो।

गत वर्ष बढेको सुख्खायामले विद्युत उत्पादनमा गिरावट आउँदा प्राधिकरणको नाफा घटेको घिसिङको भनाई छ ।आर्थिक वर्ष ०७९/८० को नाफा १२ अर्ब ३३ करोड पुगेको जानकारी उनले दिए ।

साथै, प्राधिकरणको तेस्रो वित्तिय पुनरसंरचना तयार गरी प्राधिकरणको सेयर सर्वधारणमा जारी गर्ने प्रक्रिया अघि बढाइएको उनले बताए । त्यसका लागि प्राधिकरणको क्रेडिट रेटिङ इक्रा नेपालबाट गराउँदा डबल ए प्लस प्राप्त गरेको उनले जनाएका छन् । विद्युत प्राधिकरण ऐन २०४१ अनुसार शेयर जारी गर्न लागिएको घिसिङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्