एनसेलले ल्यायो ‘बिन्दास डाटा प्याक’ अफर , ७५ रुपैयाँमा ५ घण्टासम्म अनलिमिटेड प्रयोग गर्न सकिने



काठमाडौं।एनसेलका ग्राहकले अब जुनसुकै समय, जुनसुकै ठाउँ र प्रयोजनका लागि ५ घण्टाको अनलिमिटेड डाटाबाट फाइदा लिन पाउने भएका छन् । त्यसका लागि एनसेल आजियाटा लिमिटेडले प्रयोगको समयमा आधारित आकर्षक अफर ‘बिन्दास डाटा प्याक’ ल्याएको छ ।

एनसेलका ग्राहकहरूले सजिलैसँग करसहित रू. ७५ मा यो प्याक लिन सक्ने कम्पनीले जनाएको छ । प्याकको समयावधि तीन दिनको रहेको छ । यसको अर्थ, ग्राहकहरूले कुनै डाटा भोल्युम सीमाबिना ३ दिनसम्म कुल ५ घण्टाका लागि अनलिमिटेड डाटा सेवा पाउँछन् ।

एनसेलका अनसार, ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स३ह्यास डायल गरी यो प्याक लिन सक्छन् । त्यसैगरी, एनसेल एप, एनसेलको वेबसाइट र नजिकैको एनसेलको आधिकारिक खुद्रा बिक्रेताबाट पनि यो प्याक लिन सकिन्छ ।

सुलभ दरमा निश्चित अवधिका लागि डाटा सेवा आवश्यक रहेका ग्राहकहरूका लागि यो बिन्दास डाटा प्याक उत्तम विकल्प हुने एनसेलले जनाएको छ । हालै मात्र कम्पनीले बिन्दास भ्वाइस प्याक पनि ल्याएको छ, जसमा ग्राहकहरूले कर सहित मात्र रू.२५ मा १२ घण्टा (बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म) कुनै पनि नेटवर्कमा कुराकानी गर्न मिल्ने टक टाइम लिन सक्छन् ।

प्रतिक्रिया दिनुहोस्