कांग्रेसमा विचारको बहस कम र गुटको स्वार्थ बढी छ : प्रकाशमान



चितवन।नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कांग्रेसमा विचारको बहस कम र गुटको स्वार्थ बढी हुने गरेको बताएका छन्।

चितवनमा पार्टी कार्यालयमा आज आयोजित कार्यक्रममा बोल्दै सिंहले भने, ‘कांग्रेसमा सुधार आवश्यक छ। एकले अर्कोलाई दोष दिएर कोही कहीँ पुग्दैन। पार्टीकै आन्तरिक सुधार जरूरी छ।’

पार्टी विधानअनुसार सञ्चालन हुनुपर्ने बताउंदै उनले पार्टीभित्र दु:ख गरेकाहरूको नेतृत्वले मूल्यांकन गर्न नसकेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्