माप्यदुधकोशी गाउँपालिकाले ल्यायो ३८ करोड ५२ लाख बढीको बजेट,यस्ता छन् प्राथमिकता



सोलुखुम्बु।माप्यदुधकोशी गाउँपालिकाले ३८ करोड ५२ लाख १८ हजार ८ सय रुपैयाँको बजेट ल्याएको छ।

गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईको अध्यक्षतामा आइतबार सम्पन्न गाउँसभामा उपाध्यक्ष गौरव खालिङले सो बजेट पेश गरेका हुन।बजेटका लागि संघीय समानीकरण अनुदान १० करोड ४ लाख,संघीय संघ राजश्व बांडफांड ७ करोड,१७ लाख २९ हजार ८ सय ,ससर्त अनुदान (चालू),संघीय ससर्त अनुदान (पुंजीगत) ६२ लाख,१५ करोड ५८ लाख,संघीय बिशेष अनुदान १ करोड १० लाख,संघीय समपूरक अनुदान ७० लाख आयको अनुमान गरिएको छ।

यसैगरी,प्रदेश समानीकरण अनुदान ६२ लाख २४ हजार,प्रदेश राजस्व सवारीसाधन कर २० लाख ६५ हजार,प्रदेश समपुरक अनुदान ९ लाख ७५ हजार,गाउँपालिकाको आन्तरिक श्रोत राजश्व ४७ लाख,मालपोत कार्यालय राजश्व ५ लाख र पर्बतारोहण रोयल्टी ३५ लाख गरी ३८ करोड ३८ करोड ५२ लाख १८ हजार ८ सय रुपैयाँको बजेट ल्याईएको हो।

बजेटले कृषि,पर्यटन,शिक्षा र उर्जा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखेको गाउँपालिका अध्यक्ष राईले जानकारी दिनुभयो।

राष्ट्रिय प्रशारण लाईनको बिजुली गाउँपालिकाको सबै वडामा बिस्तार गर्ने,रङ्गशाला, कभर्ड हल निर्माण गर्ने ,सूचना तथा सञ्चारको पहुँच सगैं प्रबिधिमैत्री शिक्षाका लागि प्रत्येक विद्यालयमा नेट जडान गरिने,शिक्षण सिकाइ डिजिटल गरिने र विद्यालयमा ‘मेरो रोजाइ, मेरो सिकाइ’ कार्यक्रम लागू गर्न बजेट ब्यबस्थापन गरिएको छ।

अध्यक्ष राईका अनुसार बजेट बिनियोजन गर्दा बिदेशबाट फर्केका युबालाइ उचित सीपको आधारमा रोजगारीको ब्यबस्था,बिपद ब्यबस्थापनसंगै कोष स्थापना,कृषि क्षेत्रको बिकास, खानेपानीको उचित ब्यबस्थापनलाइ प्राथमिकतामा राखिएको छ।

यसैगरी,माप्य वडा नं- ३ र ६ को लामबगरमा पुल निर्माण, वडा नं- ५ को भुङगारा,त्रिबेणी काँकु खोला र ल बगरमा मोटरेबल पुल निर्माणका लागि पनि बजेट बजेट बिनियोजन गरिएको छ।

यसैगरी,वडा न. ५,१,७ मा र पर्यटन प्रबर्द्धनका लागि गोठ स्टे निर्माण र यसै आर्थिक बर्षमा अन्तर्राष्ट्रियस्तरको म्याराथन आयोजना गर्ने कुरा पनि बजेटमा समाबेश छ।

प्रतिक्रिया दिनुहोस्