जेठ महिनामा मात्रै सांढे एक लाख यात्रुले गरे मनकामना केबलकारमा यात्रा



काठमाडौं।यस वर्षको जेठ महिनामा २५ वर्षकै सबैभन्दा बढी यात्रुले मनकामना केबुलकारको यात्रा गरेका छन्।

मनकामना केबलकारको मासिक यात्रु संख्यामा नयाँ कीर्तिमान कायम राख्दै चालु आर्थिक वर्ष २०७९/०८० को जेठ महिनामा साढे एक लाख यात्रुहरूले मनकामना केबुलकारमार्फत यात्रा गरेको कम्पनीले जनाएको छ।

यस अघि आर्थिक वर्ष २०७५/७६ को जेठमा नै एक लाख ३५ हजार २७२ जनाले यात्रा गरेको तथ्यांक कम्पनीले जनाएको छ ।भारतीय यात्रीहरूको उल्लेख्य वृद्धि देखिएको पनि कम्पनीले जनाएको छ ।

चालु आर्थिक वर्षको ११ महिनामा कुल २६ लाख ९७ हजार ६० हजार ९२६ जनाले मनकामनाको दर्शन गरेको पनि बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्