यो बजेटले नेपाललाई झन कंगाल बनाउँछ : गोकर्ण बिष्ट



काठमाडौं।प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचिव एवं सांसद गोकर्ण विष्टले सरकारले संसदमा प्रस्तुत गरेको बजेटमा गम्भीर असहमति रहेको बताउनु भएको छ । प्रधानमन्त्री, अर्थमन्त्रीसहितका शक्तिशाली मन्त्रीहरूका लागि मात्रै बजेट विनियोजन गरिएकाले त्यसप्रति आफ्नो पार्टीको आपत्ति रहेको उनको तर्क थियो ।

सोमबार प्रतिनिधिसभाको दोस्रो बैठकमा ‘विनियोजन विधेयक २०८०’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सचिव विष्टले विनियोजन विधेयक अत्यन्तै अन्यायपूर्ण, विभेदकारी रहेकाले आफूहरूले छलफल गर्नसमेत नचाहेको बताए ।

उनले विनियोजन बजेट गरिब जनताको हित विपरीत आएको जिकिर गरे । सचिव विष्टले भने, ‘यो गरिब मारा छ । यसले गरिब जनताको हित गर्न सक्दैन । यसले देशलाई ऋण थप्ने गरी टाट पल्टाउने गरी लैजान्छ । अर्को प्रकारले भन्ने हो भने समाजलाई नकारात्मक दिशामा लैजान्छ । परिणाम हामीलाई कंगाल बनाउँछ । त्यस कारण यो विनियोजनमा छलफल पनि गर्ने कि नगर्ने ? छलफल गर्न पनि लायक यो विनियोजन छ कि छैन ? भन्ने प्रश्न त छ नै । संसदीय प्रक्रियामा छलफल त गर्नुपर्ने हुन्छ । तर यसमा हाम्रो गम्भीर असहमति छ ।’

सचिव विष्टले विनियोजन बजेटमा उत्पादन वृद्धि गर्ने, रोजगारी सृजना गर्ने, मुलुकलाई समृद्ध बनाउने कुनै पनि खालको योजना नरहेको भन्दै असन्तुष्टि व्यक्त गरे । file foto

प्रतिक्रिया दिनुहोस्