हामी र हाम्रो कृति समुहका १२ जनाकाे संकलित सरल किस्ताकाे रकमबाट पहिलाे कृति ‘भोगाई’ विमाेचित



काठमाडौं।हामी र हाम्रो कृति समुहका १२ जनाकाे संकलित सरल किस्ताकाे रकमबाट पहिलाे कृति विमाेचन भव्यताका साथ सम्पन्न भएको छ।

समूहका अग्रज सदस्यलाई सम्मान गराउने परिपाटी अनुरुप सुरेश बैद्यकाे सभापतित्वमा शनिबार सम्पन्न कार्यक्रममा कृतिकारकाे शारीरिक असक्तताका बावजुद पनि बाेकेर मञ्चमा पुर्‍याएर ‘भाेगाइ’ पुस्तक विमाेचन गरिएको थियो।

मञ्चमा प्रकाशनमा सहयाेगीकाेतर्फबाट प्रमुख अतिथि समेत रहनु भएका सांसद तथा पूर्वमन्त्री गगनकुमार थापा,कृतिकार शैलेन्द्र कुमार थापा,मुक्तक अभियन्ता साथै वरिष्ठ मुक्तककार सुनिल अधिकारीका समालोचक शब्दमा मुक्तकका विशेषताबारे मन्थन र मुक्तक वाचनले स्राेतालाई मन्त्रमुग्ध पारेकाे थियाे ।

लीलाध्वज साहित्य प्रतिष्ठानका अध्यक्ष वरिष्ठ साहित्यकार श्री विजयध्वज थापालाई सम्मानसहित मञ्चमा आसनग्रहण गराईएकाे थियाे ।

श्रीमती गंगा आचार्य सेढाईकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम समूहको संरचना र उद्देश्यबारे मदन नेपालले जानकारी गराउनुभयाे ।

विभिन्न संस्थाका प्रमुखलगायत मुक्तकका अनुरागीहरुले साेहि पुस्तकबाट मुक्तक पनि वाचन गर्नुभयाे।कार्यक्रम सहजकर्ता, कार्यक्रम संचालक सर्जक श्री उत्तम भेटवाल(उत्तम बिचार)ले सहज कार्यक्रम अगाडि बढाउनु भयाे ।

निर्धारित २ घण्टाकाे कार्यक्रम झण्डै १०० जनाकाे उपस्थितिमा समापन गरियाे ।

प्रतिक्रिया दिनुहोस्