देशले धान्न नसक्ने संघीयता खारेज गर्नुपर्छ : चित्रबहादुर केसी



काठमाडौं। राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले देशले संघीयता धान्न नसक्ने बताउंदै सरकारले सदनमा पेस गरेको नीति तथा कार्यक्रमबाट ‘संघीयता’ शब्द हटाउन माग गरेका छन् ।

प्रतिनिधिसभा बैठकको आइतबारको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै केसीले संघीयता भन्ने शब्द हटाउनुपर्ने माग गरेका हुन् ।

देशले धान्नै नसक्ने हुँदा सरकारले शुक्रबार ल्याएको नीति तथा कार्यक्रमको पहिलो बुँदामा उल्लेख भएको ‘संघीयता’ शब्द हटाउनुपर्ने उनको भनाई थियो।

सुरुदेखि नै आफ्नो पार्टीले संघीयताको विपक्षमा रहेको भन्दै उनले देशले धान्न नसक्ने हुँदा संघीय व्यवस्था नै खारेज गर्नुपर्ने बताए ।file foto

प्रतिक्रिया दिनुहोस्