सरकारको नीति तथा कार्यक्रममाथि आजबाट छलफल, एमाले अध्यक्ष ओलीले बिरोध जनाउने



काठमाडौं।सरकारको नीति तथा कार्यक्रममाथी नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गर्ने भएका छन्।

पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको सरकारले शुक्रवार ल्याएको नीति तथा कार्यक्रमले मुलुक र मुलुकको अर्थतन्त्रलाई गति दिन नसक्ने प्रतिक्रिया व्यक्त गर्दै आएको प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहेका अध्यक्ष ओलीले आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै सो नीति तथा कार्यक्रमको औपचारिक बिरोध गर्ने बताईएको छ।

शनिबार संघीय संसद भवन नयाँबानेश्वरमा आयोजित पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले सरकारले देशलाई निर्देश गर्ने खालको नीति तथा कार्यक्रम नल्याएकाले त्यसलाई स्वीकार गर्न समर्थन गर्न नसकिने बताएका थिए।

सरकारले देशलाई निर्देश गर्न नसक्ने खालको नीति तथा कार्यक्रम ल्याउनु दुःखद् भएको भन्दै ओलीले त्यसलाई संसद्‌बाट पारित गर्न नहुने पार्टीको अडान रहेको पनि स्पष्ट पारे।

‘यो एउटा बेकारको पुलिन्दा हो। जसले यस देशलाई निर्देशित गर्न सक्दैन। नीतिगत हिसावले निर्देशित गर्न सक्दैन। यसले कुनै डेष्टिनेशननै तोकेन। यसले नीतिगत रुपमा कुनै मार्ग निर्देश गर्दैन। स्वीकार योग्य छैन, समर्थन योग्य छैन। विरोध योग्य छ। यसर्थ, यसलाई पास गर्न मिल्दैन, हुँदैन। यसको विरोध गर्नुपर्छ। हाम्रो मुख्य पोजिशन त्यही हो,’ ओलीको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्