समाजवादी प्रेस संगठन नेपाल काठमाडौंको अध्यक्षमा लामा,सचिबमा चौलागाईं सर्बसम्मत
काठमाडौं।समाजवादी प्रेस संगठन नेपाल जिल्ला समिति काठमाडौंको अध्यक्षमा भिम लामा चयन भएका छन्।

नेकपा एकिकृत समाजवादीका उपमहासचिव तथा भौतिक पुर्वाधार एवं यातायात मन्त्री प्रकाश ज्वालाको प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न प्रथम अधिवेशनले लामाको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको बन्द सत्र सञ्चालनका लागि गठित अध्यक्ष मण्डलका अध्यक्ष सन्तराम बिडारीले जानकारी दिए।
बिडारीका अनुसार नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा लक्ष्मी चौलागाईं र रुपचन्द्र महर्जन, सचिवमा योगेन्द्र चौलागाइ, सहसचिवमा गणेश विक र बद्री चौलागाईं तथा कोषाध्यक्षमा सुरज पाख्रिन छन्।
अधिबेशनले संगठनको राष्ट्रिय अधिवेशनका लागि ८ जना केन्द्रीय पार्षद समेत चयन गरेको बिडारीले बताए।

