नेपाल उत्पीडित जातीय मुक्ति समाज सोलुखुम्बुले गठन गर्यो सम्मेलन आयोजक कमिटी
सोलुखुम्बु।नेपाल उत्पीडित जातीय मुक्ति समाज सोलुखुम्बुले १५ सदस्यीय चौथो जिल्ला सम्मेलन आयोजक कमिटी गठन गरेको छ।

सदरमुकाम सल्लेरीमा शनिबार सम्पन्न भेलाले टंक कालिकोटेको अध्यक्षतामा सो कमिटी गठन गरेको समाजका केन्द्रीय सदस्य गोपाल घिमिरेले जानकारी दिए।
कमिटीको उपाध्यक्षमा पुर्णबहादुर बिश्वकर्मा र शर्मिला बिश्वकर्मा, सचिवमा अजय ठटाल,उपसचिव अर्जुन रोक्का र कोषाध्यक्षमा सन्तोष घतानी रहेका छन्।सदस्यहरुमा झमक शंकर,अनिता मगराती,खड्क बिक,मानबहादुर बिश्वकर्मा,सोमकुमार लामगादे,मेनुका परियार,नारद नेपाली र राजन सुन्दास रहेको उनले बताए।
भेलालाई प्रमुख अतिथि समाजका केन्द्रीय सचिव सोमनाथ पोर्तेल,बिशेष अतिथिद्वय,नेकपा एमालेका नेता एबम कोशी प्रदेशका समाजिक बिकास मन्त्री बुद्धिकुमार राजभण्डारी र समाजका कोशी प्रदेश कमिटी अध्यक्ष उमेश विश्वकर्मा,नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष डुफ कुमार बास्तोला, समाजका केन्द्रीय सदस्य घिमिरेले सम्बोधन गर्दै समाजको संगठन वडा तहसम्म बिस्तार गर्न सक्रिय भएर लाग्नुपर्ने बताएका थिए।
भेला नेपाल उत्पीडित जातीय मुक्ति समाज सोलुखुम्बुका अध्यक्ष धनकुमार बिश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो।

