अमेरिकी प्रतिबेदन पूर्बाग्रही भएको जनाउंँदै राप्रपाले दूतावासमार्फत पठायो आपत्ति पत्र



काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपालका प्रमुख दलका नेताहरुलाई हिन्दु राष्ट्रको पक्षमा वकालत गर्न भारतीय सत्तारूढ दल भारतीय जनता पार्टीले (भाजपा) ले पैसा उपलब्ध गराउने गरेको अमेरिकी आरोपप्रति पूर्ण असहमति प्रकट गरेको छ।

नेपालस्थित अमेरिकी दूतावासमार्फत अमेरिकालाई एक पत्र पठाउंदै राप्रपाले उक्त आरोप प्रती असहमति जनाएको हो।अमेरिकाले हालै सार्वजनिक गरेको ‘अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदन–२०२२’ मा हिन्दु राष्ट्रको वकालत गर्न भाजपा सम्बद्ध धार्मिक संस्थाहरुले सबै दलका प्रभावशाली नेताहरुलाई पैसा उपलब्ध गराउने उल्लेख गरेको थियो ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले अमेरिकी प्रतिवेदन एकपक्षीय र पूर्वाग्रही भएको बताएका छन् । ‘प्रतिवेदनले एकतर्फी पूर्वाग्रहलाई प्रतिबिम्बित गरेको छ, जसले गर्दा सन्तुलित, भरपर्दो र वास्तविकता प्रस्तुत गर्नबाट सो प्रतिवेदन पुरै चुकेको छ,’ लिङ्देनको भनाइ छ ।

हिन्दु राज्य स्थापनाका लागि आफुहरु सक्रिय रहेको जनाउँदै राप्रपाले बाह्य सहयोग र त्यो पनि आर्थिक सहयोगलाई अस्विकार गरेको स्पष्ट गरेको छ ।

प्रतिक्रिया दिनुहोस्