राष्ट्रपति पौडेलले शुक्रवार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
काठमाडौं।सरकारको नीति तथा कार्यक्रम शुक्रबार प्रस्तुत गरिने भएको छ ।

बिहीबारको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले भोलि (शुक्रबार) अपराह्न ४ बजे बस्ने संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको जानकारी गराएका हुन्।
‘राष्ट्रपति रामचन्द्र पौडेलबाट जेठ ५ गते दिउँसो ४ बजे संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्य्रक्रम रहेको छ,’ सभामुख घिमिरेले भने।संयुक्त बैठकका लागि सांसदहरुलाई ३: ४५ भित्र आइसक्नसमेत सभामुखले रुलिङ गरेका छन्।
सभामुख घिमिरेले सांसदहरुलाई निर्धारण गरिएको पोशाकमा उपस्थित हुन पनि अनुरोध गरेका छन्।

