कोशी प्रदेश सामाजिक विकास मन्त्री राजभण्डारीले नियुक्त गरे चार जना अबैतनिक सल्लाहकार



बिराटनगर।कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारीले ४ जना अवैतनिक बिज्ञ सल्लाहकार नियुक्त गर्नुभएको छ । मन्त्रालय अन्र्तगतका बिभिन्न क्षेत्रका कार्यलाई बिज्ञहरुको सल्लाह तथा सुझावमा सहजताका साथ अगाडी बढाउन सकिने उद्धेश्य सहित मन्त्री राजभण्डारीले सल्लाहकार नियुक्त गर्नुभएको हो ।

मन्त्री राजभण्डारीले स्वास्थ्य तथा सामाजिक क्षेत्रमा डा. मिङ्गमार ग्याल्जेन शेर्पा, शिक्षा तर्फ डा. खड्गनारायण श्रेष्ठ, महिला तथा जनस्वास्थ्य तर्फ डा. जाङ्मू शेर्पा तथा सामाजिक समावेशी तर्फ मानबीर राईलाई बिज्ञ सल्लाहकारका रुपमा नियुक्त गर्नुभएको सचिवालयले जनाएको छ ।

नियुक्त भएका चारै जना सल्लाहकार शिक्षा, स्वास्थ्य, सामाजिक क्षेत्रमा अब्बल ज्ञान तथा दक्षता भएका ब्यक्तिहरु हुन् । आफ्नो क्षेत्रमा नेपालका बिभिन्न क्षेत्रमा नेतृत्व तहमा रही कार्य गरेका सम्पुर्ण सल्लाहकारहरुले आगामी दिनमा कोशी प्रदेशको सम्बृद्धिमा टेवा पुर्याउने विश्वास मन्त्री राजभण्डारीले लिनुभएको छ । नियुक्त भएका सबै सल्लाहकारहरुले प्रदेश सरकार तथा मन्त्रालयबाट कुनै पनि सेवा सुविधा नलिने गरी अवैतनिक सल्लाहकारका रुपमा कार्य गर्ने सचिवलायले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्