आफ्नो नम्बर दिंदै बालेनले भने,-‘कुनै कर्मचारीले पैसा मागे सिधै सम्पर्क गर्नु’
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कुनै कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाणसहित आफुसंग सम्पर्क गर्न आग्रह गरेका छन् ।

आफ्नो अधिकार क्षेत्र काठमाडौं महानगरपालिका भित्रमात्रै रहेको उल्लेख गर्दै महानगरपालिका भित्रका कर्मचारीले मोबाइल या वहाट्स एपमा सिधै सम्पर्क गर्न बालेनले आग्रह गरेका हुन्।आफ्नो सम्पर्क नम्बर दिंदै उनले उजुरी दिने ब्यक्तिको परिचय गोप्य राखिने पनि बताएका छन्।
सोमबार राति फेसबुकबाट बालेनले भनेका छन्,”हामी भ्रष्टाचार भएको हेर्न सक्दैनौँ, हाम्रो अधिकार क्षेत्र काठमाडौं महानगर पालिका कार्यालयमा कुनै नि कर्मचारीले कुनै पनि प्रकारमा पैसा मागेमा प्रमाण सहित हामीलाई सम्पर्क गर्नु होला भिडियो अडियोसहित,” उनले भनेका छन् ।

