सङ्खुवासभामा हेलिकप्टर दुर्घटना : दुई जनाको अवस्था गम्भीर



काठमाडौँ। सङ्खुवासभामा शुक्रबार भएको हेलिकप्टर दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ ।

अरुण तेस्रो जलविद्युत आयोजनाको सामान लिएर गएको सिम्रिक एयरको हेलिकप्टर शुक्रबार दुर्घटना हुँदा घाइते भएका क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि नेपाली सेनाको उद्धार टोलीले उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याएको हो । हेलिकोप्टरमा रहेका अन्य दुई जना भने सामान्य घाइते भएको र उनीहरूको खाँदबारीमै उपचार भइरहेको छ ।

क्याप्टेन सुरेन्द्र पौडेल, सहयोगी मनोज थापा, छिरिङ भोटे, भविन गुरुङ र विद्युत् प्राधिकरणका कर्मचारी विक्रम गुरुङ घाइते भएका थिए ।

सिम्रिकको ९एन एजेजेड कलसाइनको हेलिकप्टर शुक्रबार दिउँसो १ः१८ मा कार्गो लिन जाने क्रममा दुर्घटनामा परेको थियो ।

प्रतिक्रिया दिनुहोस्