बायुसेवा निगमका तालुकदार मन्त्रीले यसअघि लाखमा होइन करोडमा पैसा उठाउँदा रहेछन् : किराँती



काठमाडौँ।संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल बायुसेवा निगमलाई सुधार्न आफू जस्तोसुकै जोखिम मोल्न पनि तयार रहेको बताएका छन्।

यसअघि नयाँ मन्त्री नियुक्त हुनेहरूले वायुसेवा निगमको कार्यकारीदेखि विभागीय प्रमुख नियुक्ति गर्दा मोटो रकम असुल्ने गरेको आफुले पाएको खुलासा गर्दै मन्त्री किराँतीले वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन पूर्बमन्त्रीहरुको ठूलो हात रहेको आरोप लगाए ।

‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो। यति भन्दैमा फेरि निगमको कर्मचारीहरुचाहिँ चोखो छन् भन्ने हैन’, उनले भने, ‘नागरिक उड्डयनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि ती कर्मचारीले व्यावसायिक कार्ययोजना हैन पैसा असुल्ने नै कार्ययोजना बनाउँछन्।’

मन्त्री किराँतीले आफूलाई पैसा मन नपर्ने र कामसँग मात्रै सरोकार रहने बताउंदै भने,-‘विगत जे भयो, अब निगमलाई टुलुटुलु हेरेर बस्न सक्दिनँ। तपाईंहरुसँग मलाई विश्वास छ। अब निगमलाई यो भेन्टिलेटरको अवस्थाबाट सर्जरी गरेर स्वस्थ मान्छेजस्तै डिस्चार्ज गर्नुपर्छ।’file foto

प्रतिक्रिया दिनुहोस्