कांग्रेसका पाण्डे नियुक्त भए गण्डकी प्रदेश मुख्यमन्त्री



पोखरा।कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेशप्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम पाण्डेलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

कांग्रेसका २७, नेकपा (माओवादी केन्द्र)का सात र एक स्वतन्त्रसहित ३५ प्रदेशसभा सदस्यको समर्थन जुटाएर नेता पाण्डेले मुख्यमन्त्रीमा आजै दाबी पेस गरेका थिए। आज मुख्यमन्त्रीमा नियुक्त पाण्डे गोरखा–२ (२) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।

गण्डकी प्रदेश सरकारको नेतृत्व कांग्रेस र माओवादी केन्द्रले आलोपालो गर्ने सहमति बनेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्