जुम्ला र नेपालगञ्जमा पूर्बराजा ज्ञानेन्द्रलाई नागरिक अभिनन्दन गरिने
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र विरविक्रम शाहलाई नागरिक अभिनन्दन गरिने भएको छ ।

यही बैशाख १७ गते आइतबार जुम्लाको सदरमुकाम खलंगा र २० गते बुधबार नेपालगञ्जमा नागरिक अभिनन्दन गर्न लागिएको हो । त्यसका लागि पूर्वराजा शाह शुक्रबार नेपालगञ्ज प्रस्थान गर्ने निर्मल निबास श्रोतले जनाएको छ ।
श्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र नेपालगञ्जबाट १७ गते जुम्लाको सदरमुकाम खलंगा जाने र नागरिक अभिनन्दन ग्रहणपछि सोही दिन नेपालगञ्ज फर्किने कार्यक्रम रहेको छ । उहाँ १८ गते नेपालगञ्जको बागेश्वरी मन्दिरमा हुने सन्ध्या आरतीमा समेत सहभागी हुनुहुनेछ ।
पूर्वराजा शाहलाई चैत २० गते सुनसरी जिल्लाको इटहरीमा पनि नागरिक अभिनन्दन गरिएको थियो । नेपालगञ्जको नागरिक अभिनन्दन पछि उहाँले धनगढी, सुर्खेत र दाङको भ्रमण गर्ने गरी कार्यक्रम अगाडि बढेको निकटवर्तीहरुले बताएका छन् ।file foto

