सबै सरकारी बिज्ञापन बिज्ञापन बोर्डमार्फत बितरण गर्ने तयारी भइ रहेको छ : प्रधानमन्त्री दाहाल
काठमाडौं।प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत मिडिया विकास कोष स्थापनाका लागि आफुले पहल गरिरहेको बताएका छन्।

प्रधानमन्त्री दाहालले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गर्ने गरी सञ्चार सम्बन्धी कानुन बनाउने तयारी भइरहेको उल्लेख गर्दै बुधबार काठमाडौंमा आयोजित कार्यक्रम सो कुरा बताएका हुन्।उनले पत्रकार र सबै प्रकारका सञ्चारमाध्यमको पेशागत तथा भौतिक सुरक्षाको प्रत्याभूतिका साथै ज्येष्ठ तथा अपांगता भएका पत्रकारलाई जीवन निर्वाह भत्ताको व्यवस्था गरिने पनि बताए ।
सञ्चार क्षेत्रको विकास र विस्तारका लागि सबै सरकारी विज्ञापनलाई विज्ञापन बोर्डमार्फत वितरण गर्ने तयारी भइरहेको बताउंदै उनले मिडिया उद्योगलाई रोयल्टी र कर जस्ता दोहोरो कर प्रणालीबाट मुक्त गरी यसमा लाग्दै आएको जरिवानाको छुटको व्यस्थासमेत गरिने बताए ।प्रधानमन्त्री प्रचण्डले भने, ‘ पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित हुने गरी सञ्चारसम्बन्धी कानुन बनाइदैछ। यसमा सरोकारवालाकै सहभागितमा मै कानुनको मस्यौदा बनाउन मैले निर्देशन दिइसकेको छु।’file foto

