राष्ट्रिय योजना आयोगका पूर्ब उपाध्यक्ष वाग्लेले छोडे कांग्रेस
काठमाडौं।राष्ट्रिय योजना आयोगका पूर्ब अध्यक्षसमेत रहेका कांग्रेस नेता स्वर्णीम वाग्लेले पार्टी परित्याग गरेका छन्। देउवा-आरजु गिरोहको अपमानले आफूले कांग्रेस परित्याग गरेको उनले बताएका छन्।

उनले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेताहरु शेखर कोइराला र गोविन्द पोखरेललाई सन्देश पठाउदै उनले भनेका छन्, ‘देउवा–आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो। अब कुरेर बस्ने कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’को प्रयोगमा जान चाहेँ।’
उनले कांग्रेस पार्टीमा ती चार नेताको निर्णायक हैसियत बनेको दिन फेरि जोडिनसक्ने आशा व्यक्त गरेका छन्।

