झलनाथद्वारा रिट दायर : कुनै बुथमा पुर्ण मतगणना, कतै पुन मतदानको माग
काठमाडौं।नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले इलाम क्षेत्र १ मा पूर्ण मतगणना र केही बुथमा पुन मतदान हुनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्।पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले निर्वाचनमा धाँधली गरी आफूलाई हराएको आरोप लगाउँदै मंगलवार रिट दायर गरेका हुन्।

इलाम १ मा खनाल एमालेका महेश बस्नेतसँग पराजित भएका हुन्। बस्नेतले २५ हजार ७५३ मत पाउँदा खनालले २३ हजार ८९ मत पाएका थिए।पराजित भए पनि धाँधली भएको भन्दै खनालले निर्वाचन परिणाम स्विकार गरेका छैनन्। खनालले संवैधानिक इजलासमा रिट दायर गरेका हुन्।
उनले निर्वाचन आयोग र निर्वाचित सांसद बस्नेतलाई विपक्षी बनाएर रिट दायर गरेका हुन्।

