आजबाट सकियो निलम्बित प्रधानन्यायाधीस जबराको कार्यकाल



काठमाडौ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा अनिवार्य अवकाश पाएर आजदेखि न्यायपालिकाको नेतृत्वबाट बाहिरिँदै छन्। ६५ वर्षे उमेरहदका कारण उनी आजबाट अनिवार्य अवकाशमा जान लागेका हुन्।

संबिधान बिपरित परमादेशबाट सरकार गठन गर्ने बाटो खोलेका जबरा कार्यकालतिर अत्यन्तै बिबादित बने । विवादै विवादमा तानिएका जबराले झन्डै चार वर्षको कार्यकालमा १० महिना त निलम्बित अवस्थामै बिताए।

बालुवाटारस्थित ललितानिवासको जग्गा प्रकरणको फाईल अघि बढाउन लागपछि जबराविरुद्ध २१ वटा आरोप लगाएर सत्तारुढ दल कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका सांसदले गत फागुन १ गते प्रतिनिधिसभामा महाअभियोग दर्ता भएको थियो।त्यसको किनारा नलाग्दै उनी उमेरहदका कारण अवकाशमा गएका हुन्।

प्रतिक्रिया दिनुहोस्