बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारण सभा सम्पन्न



रमेश सुनार,काठमाडौं । बैकुण्ठ मानन्धर खेलकुद नेपालको तेस्रो साधारणसभा सम्पन्न भएको छ ।

संस्थापक अध्यक्ष बैकुण्ठ मानन्धरको सभापतित्वमा
मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि भेट्रान्स अन्तर्राष्ट्रिय म्याराथुन धावक रामकृष्ण महर्जन, विशेष अतिथि एथलेटिक्स परिवार नेपाल वरिष्ठ उपाध्यक्ष दिपक रन्जित लगायत ब्यक्तित्वहरुको उपस्थित रहेको थियो ।

साधारणसभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । जसअनुसार बैकुण्ठ मानन्धर अध्यक्ष, राधा श्रेष्ठ उपाध्यक्ष, बुद्धवीर लामा महासचिव, बबिता मानन्धर कोषाध्यक्ष तथा सदस्यहरुमा पुस्पलाल श्रेष्ठ सदस्य, धर्म महर्जन, छिरिङ लामा, कपिल भट्ट, भिम बहादुर गुरुङ चयन भएका छन् ।

साधारण सभामा कोषाध्यक्ष बबिना मानन्धरले वार्षिक कार्यक्रम एवं आय-व्ययको विवरण सार्जजनिक गर्नुभयो । साधारण सभामा अध्यक्ष बैकुण्ठ मानन्धरले वार्षिक कार्यक्रमहरुको घोषणा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्