प्रेस युनियनको अध्यक्षमा संस्थापनबाट अनिता विन्दु र इतरबाट शिव लम्साल प्यानलसहित मैदानमा
केदार बस्नेत।नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियनको महाधिवेशनमा पार्टीको संस्थापक र इतर पक्षबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।बागमती प्रदेशको राजधानी हेटौंडामा आजबाट सुरु भएको ९ औं राष्ट्रिय महाधिवेशनमा अनिता बिन्दु संस्थापन र शिव लम्साल इतर पक्षबाट प्यानलका साथ मैदानमा उत्रिएका छन् ।

जारी महाधिवेशन २ दिनसम्म चल्ने छ महाधिवेशनमा देशभरबाट १ हजार ६ सयभन्दा बढी युनियन पत्रकारहरुको उपस्थिति रहेको छ।करिब ८ वर्षपछि भएको महाधिवेशनको उदघाट्न कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए।
कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल उपसभापति द्वय पुर्णबहादुर खड्का र धनराज गुरुङ महामन्त्री द्वय गगनकुमार थापा र बिश्वप्रकाश शर्मा यस्तै सह-महामन्त्रीहरु,केन्द्रीय सदस्यहरु सदस्यहरु,प्रवक्ता तथा पुर्व पदाधिकारीहरु,प्रदेश सभापतीहरु,प्रदेश सांसदहरु तथा मन्त्रीहरु,जिल्ला सभापतिहरु युनियनका पुर्व पदाधिकारीहरु लगायत कांग्रेसका शुभेच्छुक तथा युनियनप्रति सरोकार राख्ने जनशक्तिको उपस्थितिकाबीच हेटौंडाको रोयल पार्टी प्यालेसमा उदघाट्न सत्र सम्पन्न भएको छ।अब बन्दसत्रबाट नयाँ नेतृत्व चयन हुनेछ।नेताहरूले आफ्नो टिमका पत्रकारहरुलाई विजयी गराउन प्रतिनिधिहरुलाई अनुरोध गरिरहेका छन्।

