गोलभेडा टिप्दै गरेका कुमार भन्छन् परिश्रम गर्न सजिलो छैन

केदार बस्नेत।काठमाण्डौंको कागेस्वरी नगरपालिका २ आलापोटमा एक टनेल खेती सञ्चालन भै रहेको छ।सोलुखुम्बुका कुमार रनपाईलीले ३ लाख ५० हजार लगानीबाट उक्त टनेल खेती(संरक्षण बाली)विगत २ वर्षदेखि गर्दै आएका छन्। गोलभेडा टिपी रहेका रानापाईलीले कृषकहरूले बजारमा बीचको मुल्य पाएको दुखेसो गरेका छन्।उनीहरूको अहिले उत्पादन भएको गोलभेडा जोरपाटीको बजारमा बिक्री हुने गरेको छ।आज गोलभेडाको मूल्य क्रमश ४०,४४,४५ रुपैया प्रतिकेजी रहेको छ।हामीले प्रतिकेजी ४४ रुपैयाँ पाउछौं रहस्य खबरसँग भनेका छन् ।जोरपाटी बजारका व्यवसायीहरुसँग कुराकानी हुन्छ उनीहरु तरकारी लिनलाई उत्पादन भएको ठाउँ नै आउछ्न।एकपटकको पैसा बाकी राख्छन एकपटक दिन्छन रनपाईलीले भनेका छन्।

साढे ५ रोपनी क्षेत्रफल रहेको जग्गामा टनेल खेती गरिरहेको छु उनले भने,´परिश्रम अनुसारको सन्तुष्टि नभएको भन्दै अब यो खेती गर्दिन`, ९ वर्ष विदेशको यादले सतायो अब फेरि त्यतै जान लागेको दुखेसो गरे।एक मेहनती कृषक समेत रहेका रनपाईलीले आम्दानी होईन ॠणमा परेको भने उनले भने लकडाउन भन्दा अघि यहाँ एक रोपनी जग्गाको १० हजार थियो अहिले ३० हजार पुगेको छ म वर्षको १ लाख ५० हजार जग्गाको वर्षेनी भाडा तिर्दै आएको छु।तराईको एकजना मधेसी दाजुले ७० केजी तरकारी उदारो खाएर आलापोटबाट नै भागे अरु धेरैले उदारो खाएका छन् कतिको त नामनै बिर्सिईन्छ।यो पेशामा दुःख धेरै गर्नुपर्छ ३ घण्टा काम गर्ने पुरुषलाई ६ सय र महिलालाई ४ सय दिदै आएको रानापाईलीले भनेका छन्।
१८ सयको गोलभेडाको बिरुवा किनेर खेती गरे धेरै टनेलमा उत्पादन गर्न पुग्ने तर जग्गा भाडा र तरकारीको औषधि महङ्गो रहेकाले कृषकहरुको ढाड सेकेको छ स्थानीय सरकारले वास्तविक कृषकहरुको पीडा नबुझेको भन्दै बीउ,मल,बिजन अरुले फोटो देखाउदा पाएको तर आफुहरुले नपाएको उल्लेख गरेका छन्।
गोलभेडा३/३ दिनमा १० क्रेट हुन्छ त्यो कालिमाटी तरकारी पसलको मूल्य अनुसार १० क्रेटको १० हजार १ सय २० हुन्छ त्यति पैसा लिन २ हजारको औषधि डरुवा,टुटाको भिटामिनलाई लाग्छ।आम्दानी दैनिक १ हजार मासिक ३० हजार वार्षिक ४ लाख जति हुन्छ तर बचत थोरै हुन्छ त्यसले सन्तोष भएन।
आफुले यो व्यवसाय अध्ययन गरेर साथै तालिमको अनुभवले गरेको होईन अरुले गरेको देखेर रहरले गरेको बताए।रानापाईलीले सुरुवातमा टनेल खेती लकडाउनमा बसी ब्यालो गर्नका लागि गरेको बताएका छन् ।तरकारी उत्पादनका लागि भाडामा लिएको सबै जग्गामा तरकारी खेती गर्न नभाएको भनेका छन्।टनेल खेतीमा बोडी,सिमी,काउँली,बन्दा,गोलभेडा, खुर्सानी तथा अन्य हरियो सागसब्जीहरु उत्पादन हुन्छ १ सय फिट उचाईको २ वटा र ७० फिट उचाईको ३ वटा टनेल गरि जम्मा ५ वटा टनेल रहेको कुमार रानापाईलीको रहेको छ।व्यवसाय छोडदा बिक्रीमा गए बिक्रीमा नगए संरक्षण गरेर राख्ने भनेका छन् ।परिश्रमी कुमार थुलुङ दुधकोशी गाउँपालिका ७ देउसामा जन्मेको हुन।




