चर्चित गीतकार तथा कवयित्री शान्ति शर्माका दुई कृति एकैसाथ सार्बजनिक
काठमाडौं।चर्चित गीतकार एबम् कवयित्री शान्ति शर्माको अर्को कवितासङ्ग्रह ‘सपनाको समाधि’र ‘नसोधिदेउ बिन्ती’नामक म्युजिक भिडियो एकैदिन सार्बजनिक गरिएको छ।

दियालो साहित्य सरगमद्वारा आयोजित बिशेष कार्यक्रममा नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति गङ्गाप्रसाद उप्रेतीले शनिबार शर्माका दुई कृति सार्बजनिक गरेका हुन्।
साझा प्रकाशनद्वारा प्रकाशित ‘सपनाको समाधी’कविता संग्रहमा प्रेम, प्रकृतिसहित विभिन्न विषयवस्तुका ४७ वटा लामा-छोटा समसामयिक कविता समेटिएको छ।
कार्यक्रममा शर्माको सो कृतिमाथि प्राज्ञ देवी नेपाल, प्रल्हाद पोखरेल, मोमिला जोशी र आङदाबा शेर्पाले टिप्पणी र शुभकामना प्रकट गरेका थिए । सो सङ्ग्रह शर्माको तेस्रो काव्यकृति हो। यसअघि उनका ‘अम्लान फूल’ गजलसङ्ग्रह र ‘बार्दलीमा जून’ मुक्तकसङ्ग्रह प्रकाशित छन्।
सोही कार्यक्रममा सार्बजनिक ‘नसोधिदेऊ बिन्ती’म्युजिक भिडियोको निर्देशन निशान घिमिरेले गरेका छन् । उक्त म्युजिक भिडियोमा धीरेन शाक्य, शान्ति शर्मा र मोना वर्णवालको अभिनय रहेको छ। शान्ति शर्माद्वारा रचित गीतमा हरि लम्सालले संगीत गरेका छन् भने वाणिका प्रधानले आवाज दिएकी छन्।

