नेचासल्यानको वडा नं १ मा एमालेले चयन गर्यो सर्बसम्मत उम्मेदवार,वडाध्यक्षमा ‘छिरिङ’
सोलुखुम्बु।नेचासल्यान गाउँपालिकाको वडा नं १ मा नेकपा एमालेले सर्बसम्मत रूपमा उम्मेदवार चयन गरेको छ।

यही बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनका लागि सो पार्टीले जस बहादुर राइ ‘छिरिङ’ लाई वडाध्यक्षमा उठाउने निर्णय गरेको हो।
वडा कमिटी अध्यक्ष प्रभुराम कार्कीको अध्यक्षतामा सम्पन्न बैठकले कार्कीसहित,आङ्गोम्बु शेर्पालाई खुला सदस्य र खुला महिला सदस्यमा लीला राई तथा
दलित महिला सदस्यमा कल्पना बर्देवालाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले नेचासल्यानले जनाएको छ। वडाध्यक्षका उम्मेदवार राई हाल नेचासल्यान गाउँ कार्यपालिका सदस्य हुन्।

