पाङबोचेमा एमालेले गठन गर्‍यो टोल कमिटी



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।नेकपा एमालेले खुम्बु पासाङल्हामु गाउँपालिकाको वडा नं ४ पाङबोचेमा टोल कमिटी गठन गठन गरेको छ ।

खुम्बु पासाङल्हामु गाउपालिका वडा नं ४ कमिटीका ईन्चार्ज छिमी छिरी शेर्पाको अध्यक्षतामा बसेको बैठकले १२ सदस्यीय टोल कमिटी गठन गरेको जिल्ला कमिटी सदस्य लाक्पाछिरी शेर्पाले जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका वडा नं ४ का वडा सदस्य पासाङ नुरू शेर्पाको प्रमुख आथित्यतामा सम्पन्न बैठकले गठन गरेको टोल कमिटीको अध्यक्षमा फुर्वायाङजी शेर्पा,उपाध्यक्षमा आङ नाम्ग्या शेर्पा,सचिव मिङमादोर्जि शेर्पा तथा सदस्यहरूमा पेम्बानुरू शेर्पा,लाक्पाछिरीङ शेर्पा,लाक्पा छिरीङ शेर्पा,कर्साङ नाम्गेल शेर्पा,पासाङ छिरीङ शेर्पा,ङिमा कान्छा शेर्पा,कुङगा ओङमु शेर्पा,ग्युर्मेन दोर्जि शेर्पा,नुरू वाङछु शेर्पा रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्