कांग्रेस-माओवादी केन्द्रबीच गलफत्ती कायमै,एमालेले टुंग्यायो भरतपुर महानगरको उम्मेदवार
भ
रतपुर।नेपाली कांग्रेस र माओवादी केन्द्रको निर्बाचन तालमेलका कारण नेपाली राजनीतिमा संधै चर्चाको केन्द्रमा रहेको चितवनको भरतपुर महानगरपालिकामा पूर्ब प्रदेशमन्त्री समेत रहेका बाग्मती प्रदेश सांसद बिजय सुबेदीले नेकपा एमालेबाट मेयरमा उम्मेदवारी दिने भएका छन् ।

सत्तारुढ गठबन्धनबीच कस्ले पाउँने भन्ने बिषयमा गलफत्ती भइ रहेका बेला आइतबार बसेकाे एमाले भरतपुर महानगरपालिका कमिटीको बैठकले सर्वसम्मत रूपमा मेयरका लागि सुवेदीकाे नाम सिफारिस गरेकाे हाे ।
सुवेदी चितवन क्षेत्र नम्बर २ (ख) बाट बागमती प्रदेशसभामा विजयी भएका थिए।भरतपुर महानगरपालिकाको मेयर हाल प्रचण्डपुत्री रेणु दाहाल मेयर छिन् । उनले अघिल्लो निर्बाचनम एमालेका उम्मेदवार देवी ज्ञवालीलाई पराजित गरेकी थिइन ।
कांग्रेस र माओवादी केन्द्रबीच तालमेल हुंदा आआफुले पाउँनुपर्ने अडानमा छन् । अझ माओवादी केन्द्र ले त कुनैपनी हालतमा भरतपुर नछाड्ने बताईरहेको छ।

