एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित भित्तेपात्रो बिमोचित




काठमाडौं।नेकपा एमाले सोलुखुम्बु-काठमाडौं सम्पर्क मञ्चद्वारा प्रकाशित २०७९ को भित्तेपात्रो बिमोचन गरिएको छ।

राजधानीमा आयोजित नव बर्षको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो बिमोचन कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले सम्पर्क समन्वय कमिटीका अध्यक्ष श्याम बस्नेतले सो भित्तेपात्रोको बिमोचन गरेका हुन्।

सोलुखुम्बु-काठमाडौं सम्पर्क मन्चका अध्यक्ष नन्दराज बास्तोलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बस्नेत, प्रदेश नं १ सम्पर्क कमिटीका सदस्यद्वय टपेन्द्र कार्की र टीका कार्की तथा सम्पर्क मन्चका उपाध्यक्ष केशर श्रेष्ठले मन्तब्य व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्