सोताङ : ५ नं वडामा एमालेका उम्मेदवार सर्बसम्मत चयन,वडाध्यक्षमा मानबीर



सोलुखुम्बु ।आगामी स्थानीय तह निर्बाचनका लागि सोताङ गाउँपालिकाको वडा नं ५ मा नेकपा एमालेले उम्मेदवारको टुंगो लगाएको छ।

बिहिवार वडा कमिटी अध्यक्ष छत्र बहादुर नाछिरिङको अध्यक्षता सम्पन्न ५ नं वडा कमिटीको बैठकले वडाध्यक्षसहित सदस्यका उम्मेदवारहरु सर्बसम्मत रूपमा चयन गरेको अनेरास्ववियुका नेता मिलन नाछिरिङले जानकारी दिए।

गाउँपालिका कमिटीका इन्चार्ज धनकुमार बिक,अध्यक्ष बिरबहादुर राई,जिल्ला कमिटी सदस्यद्वय प्रकाश कार्की र पृथु कार्की लगायतको उपस्थितिमा सम्पन्न बैठकले वडाध्यक्षका लागि मानबीर राई, दलित महिला सदस्य तारा बिक, खुल्ला सदस्य, मनोज तामाङ, यादव नाछिरिङ र महिला सदस्यमा तारा कटुवाल सर्बसम्मत चयन गरेको नाछिरिङले जानकारी दिए।

आगामी बैशाख ३० गतेका लागि घोषणा गरिएको स्थानीय तहको निर्बाचनका लागि एमालेका तर्फबाट घोषणा गरिएको यो पहिलो उम्मेदवारी हो।

प्रतिक्रिया दिनुहोस्