खुम्बु पासाङल्हामु : ठमोमा कांग्रेसको टोल कार्य समिति गठन



खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।खुम्बु पसाङ ल्हामु गाउँ पालिका- ५ ठमोमा नेपाली कांग्रेसले टोल कार्य समिति गठन गरेको छ ।

घर घर जाउ काङ्ग्रेस जिताउ अभियानसहित ङिमातेन्जिङ शेर्पाको अध्यक्षतामा गठित समितिमा ३५ जना सदस्य रहेको खुम्बु काङ्ग्रेसका सचिवसमेत रहेका प्रबक्ता पासाङ शेर्पाले जानकारी दिए ।
खुम्बु पासाङल्हामु ५ वडाका सभापति मिङमा शेर्पा तथा उप सभापति दावा फिन्जो शेर्पाको उपस्थितिमा गठित समितिको उपाध्यक्ष छिरिङडोमा शेर्पा सचिव राजु खड्का र सहसचिब पासाङफुटी शेर्पा चयन भएको उनले बताए।

प्रतिक्रिया दिनुहोस्