जसले एमसीसी अनुमोदन गराउंन भूमिका खेले,उनैले पाए कानुनमन्त्री



काठमाडौं।प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन गराउन मुख्य भूमिका खेलेका कानुन ब्यबसायी गोबिन्द बन्दी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्त नियुक्त भएका छन् ।

अन्तर्राष्ट्रिय कानुनका विज्ञ गोविन्द बन्दी (गोविन्द प्रसाद शर्मा–कोइराला)लाई प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बन्दीलाई बिहीबार मन्त्री नियुक्त गरेकी हुन्।

‘प्रधानमन्त्रीज्यूको सिफारिसमा श्री गोविन्द प्रसाद शर्मा (कोइराला) लाई मन्त्री पदमा नियुक्त गरी कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्ने गरी’ नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

त्यस्तै, यसअघि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको कार्यभार सम्हाल्दै आएका दिलेन्द्रप्रसाद बडूलाई हाल प्रधानमन्त्रीले सम्हालिरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी दिइएको छ।

गत फागुनमा प्रतिनिधि सभाबाट एमसीसी अनुमोदन गर्नुअघि व्याख्यात्मक घोषणा तयार पार्न बन्दी सक्रिय थिए।

प्रतिक्रिया दिनुहोस्