कांग्रेस कैलालीमा उम्मेदवार हुन चाहनेले शुल्क बुझाउनुपर्ने (कुन पदलाई कति शुल्क?)




धनगढी । नेपाली कांग्रेस कैलालीले उमेदवार इच्छुक हुनेलाई पार्टीमा उमेदवारी दर्ता शुल्क तोकेको छ । उमेदवारको संख्या थेग्न नै नसक्ने भएकोले नियन्त्रण गर्न पार्टीबाट इच्छुक हुनेका लागि शुल्क तय गरेको हो ।

वडा, पालिकाका उमेदवारको नामावली सिफारिसका लागि धेरै संख्या हुन लागेपछि यस्तो निर्णय गरेको नेपाली कांग्रेस कैलालीका सचिव केशवराज मिश्रले जानकारी दिए ।

वडा, पालिका र क्षेत्रले आफुखुसी उमेदवारी तोक्न थालेपछि जिल्लाले यस्तो निर्णय गरेको हो । नगर प्रमुख पदका आकांक्षीले सात हजार तथा उपप्रमुखले पाँचहजार रुपैयाँ पार्टीलाई शुल्क तिनुपर्नेछ ।

त्यस्तै, गाउँपालिका अध्यक्षले पाँच हजार, उपाध्यक्षले तीन हजार, वडा अध्यक्षले एक हजार र वडा सदस्य पदका आकांक्षीले पाँच सय रुपैयाँ शुल्क तिर्नुपर्नेछ । त्यस्तै, बैठकले पार्टी सभापति नारायणदत्त भट्टको संयोजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्