थुलुङ दुधकोशी :अध्यक्ष राईले गरे पञ्चनमा एकैदिन चार योजनाको उद्घाटन



सोलुखुम्बु। समृद्ध गाउँपालिका निर्माणको सपनालाई साकार पार्न निर्बाचित भएदेखि नै क्रियाशील जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाका अध्यक्ष अशिम राई कार्यकाल सकिनै लाग्दा पछिल्लो समय झन् सकृय बनेका छन् ।

सुरुवात गरेका योजनाको तीब्रता र सम्पन्न योजनाहरुको उद्घाटनको कामलाई गति गति दिएका अध्यक्ष राईले मंगलबारमात्रै गाउँपालिकाको वडा नं ३ पन्चनमा विभिन्न चार योजनाहरुको उद्घाटन एकैदिन सम्पन्न गरेका छन् ।

मंगलबार अध्यक्ष राईले उद्घाटन गरेका चार योजनामा पूर्बाधार निर्माणदेखि जनस्वास्थ्यसंग सम्बन्धित कार्यक्रम रहेका छन।अध्यक्ष राईले मंगलबार पन्चनस्थित श्री कालिकादेवी माध्यमिक विद्यालयमा नवनिर्मित चार काेठे भवनको उद्घाटन गरेका छन् ।चार कोठे सो आरसीसी भवन झण्डै असी लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको सो विद्यालयले जनाएको छ।

यसैगरी किराँतीहरुको परम्परा र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले सेसेल्मुमा निर्माण गरिएको ‘तोषिखुम’ भवनको पनि अध्यक्ष राईले उद्घाटन गरेका छन्।’तोषिखुम’ राई जातिको भुमे नाच्ने ठाउँ भएको बताईएको छ।

यसैगरी सीम-चिरम्दु-रोलिम जोड्ने मोटरबाटोको उद्घाटन पनि अध्यक्ष राईले मंगलबार नै गरेको थुलुङदुधकोशी गाउँपालिकाले जनाएको छ।गाउँपालिकाका अनुसार सांढे दुई किलोमिटर सो सडक खण्ड २५ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो।

उता,पञ्चनमै वृद्धबृद्दाहरुको आँखा सम्बन्धि समस्यालाई दृष्टिगत गर्दै सन्चालन गरिएको आँखा शिबिर सन्चालन गरिएको छ।बिशेष गरि मोतियाबिन्दुको पहिचान गर्ने तथा ज्येष्ठ नागरिकहरुलाई नि:शुल्क चस्मा र औषधि बितरण गर्ने सो शिबिरको उद्घाटन पनि अध्यक्ष राईले गरेका हुन्। गाउँपालिकाको आर्थिक सहयोगमा सन्चालित सो शिबिरमा सामुदायिक आँखा केन्द्र सोलुखुम्बु र थुलुङ दुधकोशी आँखा क्लिनिकको प्राबिधिक सहयोग रहेको जनाईएको छ।

प्रतिक्रिया दिनुहोस्