खुम्जुङमा कांग्रेसको अन्तरक्रिया तथा टोल कमिटी गठन

खगिन्द्रराज बास्तोला,सोलुखुम्बु ।जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाको खुम्जुङ मा काङ्ग्रेसको अन्तरक्रिया तथा टोल कमिटी गठन सम्पन्न भएको छ

‘घर घर जाउँ, नेपाली काङ्ग्रेस जिताउँ’ अभियानमा खुम्बु पसाङ ल्हामु गाउँपालिका ४ खुम्जुङमा नेपाली काङ्ग्रेसको पेम्बा छिरिङ शेर्पाको अध्यक्षतामा ४१ सदस्यीय खुम्जुङ टोल कमिटी गठन र तेन्जिङ टासि शेर्पाको नेतृत्वमा ११ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।
नेपाली काङ्ग्रेस खुम्बु पासाङल्हामू ४ नम्बर वडाको वडा सभापतिको अध्यक्षता र खुम्बु पासाङल्हामू गाउँ पालिका कमिटीका सचिव पासाङ शेर्पा र उपसचिब लाक्पानुरु शेर्पाको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।
टोल कमिटीको अध्यक्षमा छोल्डिम शेर्पा उपाध्यक्ष सेर्की फुटि शेर्पा , लाक्पा दिकि शेर्पा सचीवमा आङ कामी एके शेर्पा ,पासाङ छिरिङ शेर्पा सहसचिवमा ङ्वाङ छोङ्बा शेर्पा रहेकोग पालिका सचिव तथा प्रबक्ता पासाङ शेर्पाले जानकारी दिनु भयो

