प्रशान्ति एकेडेमीमा फुड फेस्टीभल सम्पन्न




काठमाडौं।बुढानिलकण्ठ नगरपालिका- १२ कपनस्थित प्रशान्ति एकेडेमीले विद्यार्थीहरुको सीपलाई उजागर गर्न अभिभावकहरुको उपस्थितिमा फुड फेस्टिभल आयोजना गरेको छ।

विद्यालयको कक्षा ६ , ७ र ८ मा अध्य्यनरत विद्यार्थीलाई पेसा व्यावसाय र प्रविधि शिक्षा अन्तर्गत पाक शिक्षामा जानेका कला र सीपलाई प्रयोगमा ल्याई अन्य सामु प्रस्तुत गर्न शुक्रवार सो कार्यक्रमको आयोजना गरेको हो।

उक्त कार्यक्रममा विद्यार्थीहरुद्वारा वनाईएका विभिन्न फुड आईटमहरु फरक फरक स्टलमा राखी प्रदर्शनी तथा सुलभ मुल्यमा विक्री समेत गरिएको थियो।

प्रदर्शनी अवलोकनका लागि उल्लेख्य संख्यामा अभिभावक र अन्य स्कुलहरुवाट समेत कतिपय विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

फूड फेस्टिभल हिमाल, पहाड र तराईमा पाईने खानाको परिकार लाई आधार मानि तयारी गरिएको थियो। सोही अनुरुप विभिन्न स्टलहरु राखिएको प्रिन्सिपल समिर वास्तोलाले जानकारी दिए।

यो फुड फेस्टीभल बिगत बर्षहरुकै निरन्तरता भएको जनाउंदै उनले यस्ता कार्य वाट विद्यार्थीको प्रयोगात्मक शिक्षामा हौसला वढेको वताए।आगन्तुक सवैलाई स्वागत गर्दै बास्तोलाले आगामी वर्षहरुमा पनि यसको विभिन्न संस्करणहरु गर्दै लगिने पनि जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्