सरकारले बढायो सार्बजनिक यातायातको भाडा,आईतवारबाट लागू हुने



काठमाडौँ। सरकारले सार्बजनिक यातायातमा हाल कायम भएको दरमा १० देखि १३ प्रतिशतसम्म भाडा बढाएको छ।

भौतिक पूर्बाधार तथा यातायात मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत प्रदेशस्तरमा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा भाडा बढाउन स्वीकृत दिएको हो ।

एक प्रदेशबाट अर्को प्रदेशका लागि चल्ने मालबाहक तथा यात्रुबाहक सवारीसाधनमा मात्रै भाडा बढेको यातायात ब्यबस्था विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए । उनले भने ‘आइतबार रुटअनुसार बढेको भाडाको सूची सार्वजनिक गरिनेछ, सूची सार्वजनिक भएपछि लागू हुन्छ ।’ स्थानीयस्तरमा चल्ने (लोकल) सवारीसाधनको भाडा भने नबढ्ने उनले स्पष्ट पारे ।

साथै अब इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले घटबढ भएमा साेअनुसार स्वचालित प्रणालीबाट मूल्य समायोजन गर्ने निर्णय पनि भएको छ ।

प्रतिक्रिया दिनुहोस्