माप्य दुधकोशी : खुकुरी प्रहार गरी श्रीमतीको हत्या,श्रीमान प्रहरी नियन्त्रणमा

सोलुखुम्बु । जिल्लाको माप्यदुधकोशी गाउँपालिकाका एक पुरुषले खुकुरी प्रहार गरि श्रीमतीको हत्या गरेका छन् ।

बुधबार राती मादक पदार्थ सेवन गरि घर गएका गाउँपालिकाको वडा नं ४ का चन्द्रबहादुर राईले घरायसी विवाद हुंदा श्रीमतीमाथि खुकुरी प्रहार गरि उनको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ।
प्रहरीका अनुसार चन्द्रको खुकुरी प्रहारबाट श्रीमती मनिलाको हात,टाउको र गालामा गम्भीर चोट लागेको थियो।घटनामा संलग्न राईलाई प्रहरीले नियन्त्रणमा लिएको छ।(सांकेतिक तस्बिर)

