म्यादी प्रहरीका लागि भर्ना आव्हान, १८ वर्षदेखि ५४ वर्षसम्मका व्यक्तिहरुले आवेदन दिन पाउने



काठमाडौं।सरकारले स्थानीय चुनावका लागि एक लाख म्यादी प्रहरीमा भर्ना आह्वान गरेको छ।इच्छुक उम्मेदवारले ६ देखि ११ चैतसम्ममा सम्बन्धित जिल्ला प्रहरी कार्यालयमा आवेदन दिन सकिने प्रहरी प्रधान कार्यालयले जनाएको छ।

म्यादी प्रहरीको कार्य अवधि बढीमा ४० दिनको हुनेछ। १८ वर्षदेखि ५४ वर्षसम्मका व्यक्तिहरुले आवेदन दिन सक्नेछन्।

म्यादीका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीमा २०७८ साउन १ गतेदेखि विभिन्न पदमा भर्नाका लागि आवेदन दिइ शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उतीर्ण भएका व्यक्तिहरु, सुरक्षा निकायमा काम गरी निवृत्तीभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मी तथा वन रक्षकहरु, विभिन्न देशमा सुरक्षा निकायमा काम गरी सेवा निवृत्त नेपाली नागरिक र विगतका निर्वाचनमा म्यादी प्रहरीको रुपमा काम गरेकाहरुलाई प्राथमिकता दिइने बताइएको छ।

चैत १५ देखि म्यादी प्रहरीको छनौट हुनेछ भने अन्तिम नजिता चैत २२ गते प्रकाशित हुनेछ। नतिजा प्रकाशित भएपछि चैत २८ गतेदेखि प्रशिक्षण सुरु हुनेछ।

छनोट भएका उम्मेदवारले रु.३० हजार २४० तलब, रु.सात हजार २०० खाद्यान्न र रु‍.६ हजार पोशाक लगायत सामग्री खरीदका लागि प्राप्त गर्ने प्रहरी प्रधान कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्