पार्टी हित बिपरित कार्य गरेको भन्दै विवेकशील साझाले गर्यो २६ नेतामाथि कारबाही [नामावली सहित ]
काठमाडौं। गएका चारवटा केन्द्रीय समिति बैठकहरुमा लगातार अनुपस्थित रहेका २६ केन्द्रीय सदस्यहरुलाई विवेकशील साझा पार्टीले जिम्मेवारीबाट मुक्त गरेको छ।

अध्यक्ष रवीन्द्र मिश्रको अध्यक्षतामा सम्पन्न पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले अनुशा थापा, आशुतोष तिवारी, कमलेश्वर पाठक, केशव दाहाल, चण्डिका तिमिल्सिना, चन्दि्रका सिग्देल, दुर्गा खत्री (कार्की), धर्म मानन्धर, पुकार बम, भरतराज पन्त, भूपदेव शाह, मनिस खनाल र मुना अधिकारीलाई पनि जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ ।
यसैगरी, प्रदेश सांसद रमेश पौड्याल, रविना अम्गाई, राज्यलक्ष्मी श्रेष्ठ, रामपुकार महरा, लक्ष्मी अधिकारी, विमल तामाङ, शिशिर बन्जारा, सरोज प्रसाद गौतम, सिर्जना खड्का, सुदन मानन्धर, सुरेश अर्याल, सुरेश भट्ट र हरिशप्रसाद भट्टलाई पनि जिम्मेवारीबाट हटाइएको सो पार्टीले जनाएको छ।बारम्बार लेभीका लागि अनुरोध हुँदा पनि लेभी नबुझाएका र समानान्तर गतिविधिमा संलग्न भई पार्टीलाई गम्भीर क्षति पुर्याएको आरोप उनीहरूलाई लगाईएको छ।
जिम्मेवारीमुक्त गरिएका सबै नेताहरु मिलन पाण्डे पक्षधर हुन् । पाण्डेलाई यसअघि नै सो पार्टीले जिम्मेवारी मुक्त गरेको थियो।

