सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द



काठमाडौं।यातायात ब्यबस्था बिभागले आज चैत १ गते मंगलबारबाट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) का लागि नयाँ आवेदन प्रणाली बन्द गरेको छ।

अहिलेसम्म भरेका अनलाइन आवेदनको टुङ्गो लगाउनुपर्ने भएकाले तत्काललाई नयाँ आवेदन बन्द गरिएको विभागद्वारा जारी सूचनामा जनाइएको छ।

लाइसेन्स लिनका लागि आवेदन धेरै परेकाले अनलाइन आवेदन दिनेहरुलाई दुई वर्ष पछिसम्मको कार्यालय भिजिट समय प्राप्त हुने गरेको छ।

कोरोना महामारीका कारण लामो समयदेखि लाइसेन्स परीक्षा रोकिँदा आवेदन दिनेको चाप बढेको हो। ‘अनलाइन आवेदनहरुको कारबाही यथाशक्य चाँडो टुङ्ग्याउनुपर्ने भएकोले चैत १ गतेदेखि अर्को सूचना प्रकाशन नभएसम्मका लागि सवारी चालक अनुमति पत्रको अनलाइन आवेदन प्रणाली बन्द रहने,’ विभागद्वारा जारी सूचनामा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्