राष्ट्रिय फूटबल टीमका पूर्वकप्तान हरि खड्कालाई ५ हजार जरिवाना गराउन अदालतको आदेश




काठमाडौं । नेपाली राष्ट्रिय फूटबल टीमका पूर्वकप्तान हरि खड्का नक्कली प्रमाण–पत्र प्रकरणमा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशद्वय नित्यानन्द पाण्डेय र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले नक्कली प्रमाण–पत्र प्रकरणमा खड्कालाई दोषी ठहर गरेको हो ।

भ्रष्टाचार निवारण ऐन-२०१७ अनुसार खड्काविरुद्धको आरोप ठहर भई ५ हजार रूपैयाँ जरिबाना गराउन आदेश भएको छ । केही साता अगाडि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खड्काले नेपाल प्रहरीमा सेवा प्रवेशका लागि बुझाएको प्रमाण–पत्र नक्कली रहेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

खड्काले २०५५ कात्तिक १ मा माध्यमिक शिक्षा परिषद्, बाराणसीबाट जारी भएको प्रविणता प्रमाण–पत्र तह (आईए)को प्रमाण–पत्र पेश गरेर प्रहरी सहायक निरीक्षक पदमा नियुक्ति लिएका थिए, भने २०५९ पुस १४ मा २०५९ पुस १४ मा प्रहरी नायब निरीक्षकमा बढुवा भएका थिए ।

सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लबबाट फुटबल खेलेका थिए । तर, प्रमाणपत्रको विवाद आएपछि ६ वर्षसम्म पुलिस टीममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका खड्काले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्