कांग्रेसको खुलातर्फको दोस्रो दिनको मतगणना सुरु



नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमध्ये खुलातर्फको दोस्रो दिनको मतगणना सुरु भएको छ ।

आइतबार बिहान १०स् ३० बाट पार्टी कार्यालय सानेपामा मतगणना सुरु भएको हो ।

खुला केन्द्रीय सदस्यतर्फबाट ३५ जना निर्वाचित हुनेछन् । खुला केन्द्रीय सदस्यमा ९९ जना प्रतिस्पर्धामा रहेका छन् । पछिल्लो मतपरिणममा शशांक कोइरालाले अग्रता कायम राखेका छन ।

कोइरालाले १९७१ मत प्रात गरेका छन् भने दोस्रो स्थानमा एनपी साउद छन् । उनको पक्षमा १५३८ मत खसेको छ । तेस्रोमा बालकृष्ण खाँणले १५०७ मत पाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्