सोलुखुम्बुः अनेरास्ववियुको ११ औं जिल्ला सम्मेलन सम्पन्न, अध्यक्षमा खालिङ, सचिबमा शेर्पा निर्बाचित
सोलुखुम्बु ।अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सोलुखुम्बुको ११ राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ।

शुक्रवार सम्पन्न सम्मेलनले गौरव राईको अध्यक्षतामा ३९ सदस्यीय जिल्ला कमिटी चयन गरेको अनेरास्ववियु सोलुखुम्बुले जनाएको छ।कमिटीको उपाध्यक्षमा श्यामकुमार राई,सचिबमा ङवाङतेन्जी शेर्पा, सहसचिवत्रयमा नरेन्द्र कुलुङ,पुण्यप्रसाद कटेल र रेखासा दर्नाल तथा कोषाध्यक्षमा रस्मिता कार्की रहेका छन् ।


समितिका सदस्यहरुमा मिलन नाछिरिङ,मनिष नाछिरिङ,भुपाल राई,खड्ग बहादुर बिक,श्रीप्रसाद राई,प्रताप राई,बिकास राई,पावेल राई,फडिन्द्र खड्का,रोहित पुडासैनी,मनकुमारी,उमेस बस्नेत,महेस कुलुङ,सुरेन्द्र कुलुङ,नन्दकुमारी थुलुङ,मुना खड्का,उत्सब ढुंगेल छन् ।
त्यसैगरी,मिङ्मायाङ्जी शेर्पा,मिङमा शेर्पा,अर्जुन मगर,बिमल बस्नेत,समीर खड्का,मिङ्दिकी शेर्पा टीकाराम खनाल,अर्पना राई,बिनोद राई,दिपेन बस्नेत,थर्चेन शेर्पा,नाम्डु शेर्पा,लिला कटेल,बिशाल घिमिरे,आशिष खड्का रहेका छन् ।
सम्मेलनको नेकपा एमालेका केन्द्रीय सदस्य एबम् सोलुखुम्बु इन्चार्ज मानबीर राईले बिहिवार उद्घाटन गरेका थिए।उद्घाटन सत्रमा प्रमुख अतिथि राईसहित, नेकपा एमाले प्रदेश नं १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारी,प्रदेशसभा सदस्य उत्तमकुमार बस्नेत,एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफकुमार बास्तोला,उपाध्यक्ष हर्कबहादुर राई,सचिब शिशिर खालिङ,अनेरास्ववियुका महासचिव समिक बडल , उपामहासचिव भास्कार खनाल ,कोषाध्यक्ष जेनिस लामा ,स्थायी सदस्य टीका धमला, १ नम्बर प्रदेश अध्यक्ष रबिन्द्र सुबेदि, सचिवालय सदस्य ओम प्रकाश घिमिरे ,हेम खड्का लगायतको उपस्थिति रहेको अनेरास्ववियुले जनाएको छ।

