उच्च अदालत र जिल्ला अदालतमा पनि माघ २ गतेदेखि गोलाप्रथा लागु हुने
काठमाडौं । अब गोला प्रक्रियाबाट इजलास छान्ने प्रणाली उच्च अदालत र जिल्ला अदालतमा पनि कार्यान्वयन हुने भएको छ । बुधबार ९आज० प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराको अध्यक्षतामा बसेको फुलकोर्ट बैठकले आगामी माघ २ देखि जिल्ला र उच्च अदालतहरुमा पनि गोला प्रक्रिया थाल्ने निर्णय गरेको हो ।

सर्वोच्च अदालत उच्च स्रोतका अनुसार पूर्ण बैठकले जिल्ला अदालत र उच्च अदालतमा गोला प्रक्रिया सुरु गर्नका लागि कुन–कुन नियमावलीमा कसरी संशोधन गर्न आवश्यक छ रु भन्नेबारे अध्ययन गर्नका लागि सर्वोच्च अदालत प्रशासनमा निर्देशन दिने निर्णय गरेको छ ।
उनीहरुले दिएको प्रतिवेदनका आधारमा नियमावली संशोधन गरी गोला प्रक्रिया सुरु गर्ने कानूनी तयारी रहेको स्रोतले जनाएको छ । त्यस्तै न्यायाधीशहरुले उच्च र जिल्ला अदालतहरुमा माघको पहिलो सातादेखि गोला प्रक्रिया शुरु गर्न सकिने आँकलनका साथ तयारी थालेका बताइएको छ ।
स्रोतका अनुसार गोला प्रक्रियाको शुरुवातका लागि न्यायाधीशहरुले उच्च अदालत र जिल्ला अदालत नियमावलीमा गर्नुपर्ने संशोधनका बारेमा छलफल गरेका थिए ।

