सोलुखुम्बु :जिल्ला समन्वय कमिटी सचिब अशिम राईसहित १५ नेता प्रदेश कमिटी सदस्यमा निर्बाचित



सोलुखुम्बु। नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) प्रदेश नम्बर १ समिति सदस्यमा सोलुखुम्बुबाट थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष अशिम राईसहित १५ नेता निर्बाचित भएका छन् ।


विराटनगरमा आइतबार सम्पन्न प्रदेशको प्रथम सम्मेलनबाट निर्बाचित २५९ सदस्यीय समितिमा सोलुखुम्बु जिल्लाबाट खुल्ला, यूवा, दलित तथा महिला क्लष्टर मिलाएर १५ जना सदस्य सर्वसम्मत निर्वाचित भएको नेकपा माओवादी केन्द्र सोलुखुम्बुले जनाएको छ।प्रदेश कमिटी सदस्य निर्बाचित हुने राई नेकपा माओवादी केन्द्र जिल्ला समन्वय कमिटी सोलुखुम्बुका सचिब हुन भने ठमनाथ पराजुली (ध्रुब )र सागर किराँती यस अघि पनि प्रदेश कमिटी सदस्यकै जिम्मेवारीमा रहेका थिए।


प्रदेश कमिटीमा निर्बाचित हिमाल गिरी, ङिमातेण्डुप शेर्पा, नाम्गेल शेर्पा, प्रल्हाद राई (प्रज्वल), गौरब राई, मेनुका पुरी गिरी, सुनिता किराती, अमृता राई, रिमा कुलुङ, अनिसा राई, जनॠषि राई र गोबिन्द कुमार विश्वकर्मा जिल्ला समन्वय कमिटी सदस्य रहेको माओवादी केन्द्रले जनाएको छ। सोलुखुम्बुले १६ जना सदस्य पाएपनि एक दलित सदस्यको पद खाली रहेको छ ।


यसैबीच, आगामी पुसमा हुने केन्द्रीय सम्मेलनको लागि प्रदेश नम्बर १ बाट जम्मा ९६ जना प्रतिनिधि निर्वाचित गरेकोमा सोलुखुम्बु जिल्लाबाट ७ जना प्रतिनिधि चयन गरिएको छ । सोलुबाट प्रतिनिधि निर्वाचित हुनेहरुमा गोम्बु शेर्पा (कर्ज्याङ), करुणा बस्नेत, महेन्द्र बहादुर राई (महेश), डम्बरबहादुर बस्नेत, पासा शेर्पा (कर्मा), गोविन्द कुमार विश्वकर्मा, सरिता मगर शेर्पा (जेनी) रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्