संस्थापनइतर समूह दुई फ्याक : रामचन्द्र र सशांकले कसलाई सघाउलान?



काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार तय हुन नसकेपछि शेखर कोइराला र प्रकाशमान सिंह आआफ्नो समूह निर्माणमा केन्द्रित भएका छन।

प्रकाशमान सिंहले कुनै हालतमा नछाड्ने भएपछि संस्थापनइतर समूह विभाजित भएको हो ।उनको समूहबाट उपसभापतिमा सुजाता कोइराला उठ्न सक्ने चर्चा व्यापक छ।

शेखर कोइरालाको टिमबाट गगन थापा महामन्त्री उम्मेदवार बन्ने भएका छन् । त्यस्तै अर्को महामन्त्रीमा विश्वप्रकाश शर्मासँग कुरा भइरहेको स्रोतले जनाएको छ । संस्थापन पक्षका शर्मालाई शेखरले महामन्त्री उम्मेदवार बनाउन लागेको बताइएको छ ।

यद्यपि साझा उम्मेदवार तय गर्नका लागि भन्दै सभापतिको दौडबाट पछि हटेका रामचन्द्र पौडेल र शशांक कोइरालाको समर्थन कसले पाउने भन्ने खुलेको छैन । तर प्रकाशमानका कारण संस्थापनइतर समूहले साझा उम्मेदवार दिन नसकेको भन्दै शेखरलाई समर्थन गर्न पौडेलनिकट नेताहरुको दबाब छ ।

प्रतिक्रिया दिनुहोस्